दफा २७
क्षतिपूर्ति निर्धारण गर्ने अधिकारी र त्यस उपरको उजूरी
(१) दफा १७ को उपदफा (४) वा दफा १८ को उपदफा (४) बमोजिम दिइने क्षतिपूर्तिको रकम “सडक विभाग वा प्रदेश सरकार” ले स्थानीय गाउँपालिका वा नगरपालिकाका सम्बन्धित वडा सदस्यको उपस्थितिमा निर्धारण गरे बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम निर्धारण भएको क्षतिपूर्तिमा चित्त नबुझ्ने व्यक्तिले त्यस्तो क्षतिपूर्ति पाउने सूचना प्राप्त गरेको पैंतीस दिनभित्र नेपाल सरकार समक्ष उजूर गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निर्धारण भएको क्षतिपूर्तिमा चित्त नबुझ्ने व्यक्तिले त्यस्तो क्षतिपूर्ति पाउने सूचना प्राप्त गरेको पैंतीस दिनभित्र नेपाल सरकार समक्ष उजूर गर्न सक्नेछ ।